काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा पाँच वटा विषयमा केन्द्रित भएर छलफल हुने भएको छ ।
आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सचिवालय बैठकले बैठकमा एजेण्डा तय गरेको हो । स्थायी समिति बैठकमा विधान संशोधन, केन्द्रीय किमिटी बैठक, नेपाल भारत सीमा विवाद र अन्य गरी पाँच वटा विषयमा केन्द्रित भएर छलफल गर्ने निर्णय सचिवालयले गरेको हो ।
बैठकले स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गर्ने राजनीतिक प्रस्तावलाई समेत अनुमोदन गरेको छ । अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी ओलीसँगको परामर्शमा तयार पारेको राजनीतिक प्रतिवेदन बैठकले पारित गरेको हो । सो प्रतिवेदन आजै अध्यक्ष दाहालले स्थायी समिति बैठकमा पेश गर्ने बताइएको छ ।