logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सम्पन्‍न


अंकुरण खबर
1.183K
Shares

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठक सम्पन्न भएको छ ।

बैठकले आगामी पुस १५ भित्रै महाधिवेशन कार्यतालिका ल्याउने निर्णय गरेको छ । उक्त बैठकले राधेश्याम अधिकारी नेतृत्वको केन्द्रीय निर्वाचन समितिलाई पुस १५ भित्र कार्यतालिका ल्याउन निर्देशन दिइएको हो । यसअघि कात्तिक मसान्तसम्मको अवधि दिइएको थियो ।

बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने आज पनि सहभागी भएन । पौडेल समुहले  कार्ययोजनालाई बैठकको एजेन्डा बनाउनुपर्ने लगायत माग राख्दै आएका छन् ।