काठमाडौं – प्रमुख दुई राजनीतिक दल बैठकमा जुटेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टीको महत्वपूर्ण बैठकमा जुटेका हुन् ।
सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक हिजोबाट शुरु भएको छ भने नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक विहीबारबाट शुरु भएपनि बस्न सकिरहेको छैन । आजबाट शुरु नेकपाको स्थायी कमिटी अब केहिबेरमा पुन बस्दैछ भने नेपाली कांग्रेसले दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।
हिजो नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आज स्थायी कमिटी बैठकमा छलफल हुनेछ । नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शमा प्रचण्डले तयार गरेर पेश गरेको प्रतिवेदनमा प्रचण्डले राष्ट्रिय-अन्ताष्ट्रिय राजनीतिक अबस्था, सरकारको काम, उप-चुनावको समीक्षा र आगामी ६ महिने कार्ययोजनालगायतका सात शीर्षकमा ११ पृष्ठ रहेको छ ।
राजनीतिक प्रतिवेदनमा प्रचण्डले एकता प्रक्रियामा गरिएको ढिलाइका कारण पार्टी संगठन नै अन्योलग्रस्त अवस्थामा रहेको बताएका छन् ।