logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरा प्रिमिएर लिगमा विराटनगरमाथि धनगढीको रोमाञ्चक जित


अंकुरण खबर
884
Shares

धनगढी ब्लुजले दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

आज भएको पहिलो खेलमा विराटनगर टाईटन्सलाई ५ रनले पराजित गर्दै धनगढी ब्लुजले सुखद सुरुवात गरेको हो । पोखरा रंगशालामा धनगढीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो ।

पहिलो ओभरमा नै २ विकेट गुमाएको विराटनगरका राजु रिजालले सर्वा्धिक २५ रन बनाए । २२ बल खेलेका उनले २ चौका र १ छक्काको मद्दतमा २५ जोडे ।

यस्तै सुनिल धमलाले १८ रन बनाउँदा नोमन खानले ११, पुनित मेहेराले १५ कप्तान प्रदिप सिंह ऐरीले १० रनको योगदान गरे । धनगढीका दिपेन्द्र सिंह ऐरीले ३ विकेट हात पारे । यस्तै सागर ढकालले २ विकेट लिए ।