logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पिपिएल : ज्ञानेन्द्रको शतकमा काठमाडौंले दियो १८६ रनको लक्ष्य


अंकुरण खबर
3.237K
Shares

पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत बु्धबारको खेलमा काठमाडौं गोल्डेन वारियसले धनगढी ब्लुजलाई १८६ रनको लक्ष्य दिएको छ ।

१७ ओभरमा झारिएको खेलमा काठमाडौंले ५ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको छ । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतक बनाएका छन् । ३७ बल खेलेका मल्लले ८ चौका ९ छक्का प्रहार गरे । २४ बलमा ५४ रन बनाएका उनले पछिल्लो १३ बलमा ४६ रन जोडेका हुन् ।

काठमाडौंका ओेपनिङ ब्याट्समेन गौरव तमोर ३ बल खेल्दा रन बनाउन सकेनन । अर्का ओपनर जयकिशन कोल्सावालाले ३७ बलमा ४६ रन बनाए । उनले ४ चौका २ छक्का हाने । त्यस्तै, अमित श्रेष्ठले २१ बलमा ३४ रन बनाए ।

धनगढीका लागि कमल सिंह ऐरीले ४ विकेट लिए । सागर ढकालले १ विकेट लिए ।