काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नयाँ कार्यसमिति गठन गर्दा उमेरहद लागु गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा विद्यार्थीहरुले रिले अनसन सुरु गरेका छन् ।
कांग्रेसले आज पनि आफ्ना सांसदहरूलाई संसदमा नियमित उपस्थित भएर आम नागरिकको चासोका विषयलाई सशक्त रुपमा उठाउन, विधेयकहरु र समसामयीक विषयमा पर्याप्त अध्ययन अनुसन्धान र विश्लेषण गर्न निर्देशन दिने तयारी गरेको छ ।
यसैबीच काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पुर्व महामन्त्री कुन्दनराज काफ्ले पक्षधर विद्यार्थीहरुले विधान अनुसार महाधिबेशन सुनिश्चितता गर्न माग गर्दै आज पनि रिले अनसन गरेका छन् ।
हिजो मध्यान्न्ह १२ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा १२ घण्टे रिले अनसन सुरु भएको हो ।