काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक आज बस्दैछ ।
शुक्रबारबाट सुरु हुने संसद अधिवेशनका विषयमा सांसदहरूलाई जानकारी दिन बैठक बोलाएको नेकपाले जनाएको छ । बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा उपस्थित हुन नसकेमा उपनेता नेम्वाङले नै अध्यक्षता गर्नेछन् ।
बैठकमा पार्टी अध्यक्ष प्रचण्डलगायतका नेताले सांसदहरुलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीको बिहीबारमात्र मिर्गौलाको नियमित डायलासिस गरिएको थियो ।
नेकपाले स्थायी कमिटी बैठक स्थगित गरेर संसदीय दलको बैठक अपराह्न २ बजे संसद् भवनमा बोलाएको हो ।