logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा अध्यक्षद्वयबीच बालुवाटारमा भेटवार्ता


अंकुरण खबर
806
Shares

काठमाडौं- नयाँ सभामुख चयनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा छलफल शुरु भएको छ ।

संसदको हिउदे अधिवेशन प्रारम्भ भएसँगै नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले सभामुख उम्मेदवार चयन गर्ने विषयमा शुक्रबार विहान छलफल गरेका हुन् ।

नेकपामा आकांक्षी धेरै हुँदा सभामुख को हुने अन्योल छ । पूर्व एमाले समूहले सुवास नेम्वाङ र पूर्व माओवादीले अग्नी सापकोटालाई सभामुखमा प्रस्ताव गरेका छन् ।

पार्टी, दल र संसद् सदस्यहरूलाई निर्देशन दिनुपर्ने भएकाले पनि दुई अध्यक्षबीच कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।