काठमाडौं – शहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लब र च्यासल युथले बराबरी खेल्दै अंंक बाँडेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा मछिन्द्र च्यासलसँग १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । च्यासलका लागि सन्तोष साहुखलले एक गोल गरे । यस्तै, मछिन्द्रका लागि देवेन्द्र तामाङले एक गोल गरे ।
खेलको २८ औं मिनेटमा साहुखलले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । घरेलु लिग फुटबलमा सन्तोषले ९९ गोल पुरा गरेका छन् । खेल सकिन २ मिनेट बाँकी छदाँ मछिन्द्रका तामाङले गोल गरेपछि खेल बराबरीमा सकियो र अंक बाँड्न बाध्य भए ।