logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पीपीएल क्रिकेटः चितवनले लगातार तेस्रो जित


अंकुरण खबर
754
Shares

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले लगातार तेस्रो जित निकालेको छ ।

पोखरा रंगशालामा शुक्रबार भएको खेलमा चितवनले एक्पर्ट धनगढीलाई ५२ रनले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । चितवनले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २९ रन मात्र बनायो ।

धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ४९, रोड्रिगो थोमसले २४, सन्दीप जोराले २१ तथा अमित यादबले १७ रन बनाए ।

चितवनका भुवन कार्कीले ३ विकेट लिए । करण केसी र सन्नी पटेलले २र२ विकेट लिए । चितवनका लागि आरिफ शेखले अविजित ४७, सन्नी पटेलले अविजित ३२, बाबर हायतले ३६, कप्तान पारस खड्काले २३ र अनिल साहले १९ रन बनाए ।

धनगढीका दिपेन्द्र सिंह ऐरी र अनिल खरेलले २/२ तथा अमित यादवले १ विकेट लिए ।

जितसँगै चितवनले ३ खेलमा ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ ।