काठमाडौं – एक सातादेखि बसिरहेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको छ ।
बैठकले अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदन पारित गर्ने बताइएको छ । दुई दिनका लागि भन्दै गत मङ्सिर २९ गतेदेखि बस्न शुरू गरेको बैठकमा सदस्यहरूले बोल्ने समय बढाउन माग गरेपछि एक साता लम्बिएको हो ।
शनिवारको बैठकमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावको औचित्यका बारेमा प्रष्ट पारेका थिए । शनिवार नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम थियो ।
आइतवारको बैठकमा पनि अध्यक्ष प्रचण्डले सदस्यहरूले उठाएका विषयहरूमा थप स्पष्टिकरणसहित जवाफ दिनेछन् । अमेरिकी सहयोगमा सञ्चालन हुने एमसीसी परियोजनाबारे थप स्पष्ट हुनुपर्ने भएकाले आइतवारको बैठकमा एमसीसीबारे थप छलफल हुने बताइएको छ ।
एक साता लामो बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरूले सरकार र पार्टी संचालन सही नभएको भन्दै आलोचना गरेका छन् ।