logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंबाट पक्राउ परे विप्लव समूहका पाँच नेता


अंकुरण खबर
650
Shares

काठमाडौं – प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका पाँचजना नेतालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

काठमाडौंको मूलपानी र बूढानीलकण्ठ क्षेत्रबाट प्रहरी प्रधान कार्यालय अन्तर्गतको विशेष व्यूरोले जिल्ला इन्चार्जसहित पाँचजना नेतालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोलुखुम्बु-ओखलढुंगा इन्चार्ज त्रिलोचन विक, ओखलढु‌गा सेकरेटरी दुर्गाबहादुर तामाङ, युवा संगठनका केन्द्रीय सचिव शिशिर उपनामका सञ्जीव लामा, युवा संगठनकै  केन्द्रीय कोषाध्यक्ष  तिलक गुरुङ, केन्द्रीय सदस्य वकिल घर्ती मगर पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट विस्फोटक पदार्थ, पेस्तोल, कुकर बम, बम बनाउने सामाग्री र विप्लव नेकपाका दस्तावेज पनि बरामद भएका छन्। प्रहरीले उनीहरुमाथि वैदेशिक रोजगार व्यवसायी संघका तत्कालीन अध्यक्ष रोहण गुरुङको बसुन्धरास्थित घरमा शक्तिशाली सिलिन्डर बम विस्फोट गराएको अभियोगमा मुद्दा चलाउने भएको छ।