logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिग : मनाङको दोस्रो जित, आर्मी अन्तिम समयमा चुक्यो


अंकुरण खबर
2.691K
Shares

काठमाडौं – अन्तिम समयको गोलको सहयोगमा मनाङ मस्र्याङ्दी क्लबले जारी कतार एयरवेज शहीद स्मारका ए डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गर्न सफल भएको छ ।

खेलको अन्तिम समयमा दयानन्द सिंहको गोलको सहयोगमा मनाङ मस्र्याङ्दी क्लबले नेपाल आर्मीको त्रिभूवन क्लबलाई १-० संघर्षपूर्ण अन्तरमा पराजित गर्न सफल भएको हो ।

दशरथ रंगशालामा भएको आजको खेलमा निर्धारित समयको खेल गोलरहित बराबरी भएपछि ५ मिनेट इन्जुरी समय थपिदा तेस्रो मिनेटमा दयानन्दले गोल गर्दै आर्मीलाई अंक बटुल्नबाट रोक्न सफल भएको छ । खेलमा दुबै टोलीले यस अघि पाएको राम्रो अवसर गुमाउँदा खेल १-० मा टुंगिन पुग्यो ।

यस अघि त्रिभूवन क्लबले फ्रेन्ड्स क्लबलाई २-१ ले र मनाङले एपीएफलाई २-० ले पराजित गर्दै लिगको आरम्भलाई सुखद तुल्याएका थिए ।