logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पीपीएलमा आज बुटबल र विराटनगर भिड्दै


अंकुरण खबर
702
Shares

काठमाडौं  – पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा आज (बुधबार) लिग चरणको अन्तिम एक खेल हुदैछ ।

बुटबल ब्लास्टर्स र विराटनगर टाईटन्सबीच हुने खेल बिहान ११ बजे शुरु भएको छ  । यसअघि नै प्लअफमा स्थान पक्का भएको बुटबललाई अन्तिम खेलको नतिजाले फरक पार्ने छैन । तर अन्तिम खेलमा फराकिलो जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावना विराटनगरलाई अझै छ ।

बुटबल ६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । पाँचौ स्थानको विराटनगरको ४ खेलबाट २ अंक छ । तेस्रो स्थानको काठमाडौंको ४ अंक छ । नेट रनरेटमा कमजोर देखिएको काठमाडौंलाई उछिन्दै तेस्रो स्थानमा उक्लिने मौका विराटनगरलाई छ ।

चितवन प्रतियोगितामा अपराजित रहँदै प्रतियोगिताको फाईनल पुगिसकेको छ ।  बुटबल ब्लास्टरले समेत ईलिमिनेटर राउण्डमा स्थान पक्का गरिसकेको छ ।

तेस्रो स्थानमा रहने टोलीले बुटबलसँग ईलिमिनेटर राउण्डमा प्रतिस्पर्धा गर्नेछ । काठमाडौं ४ अंक सहित प्लेअफको नजिक छ । तर नेट रनरेटमा सुधार गर्दै विराटनगरसँग काठमाडौंलाई उछिन्ने अन्तिम अवसर छ ।