logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिगमा आज २ खेल : मछिन्द्र र फ्रेन्ड्स तथा च्यासल र एनआर भिड्ने


अंकुरण खबर
1.17K
Shares

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा आज (बुधबार)दुई खेल हुदैछ । पहिलो खेलमा मछिन्द्र क्लब र फ्रेन्ड्स तथा दोस्रो खेलमा च्यासल युथले न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो खेलमा मछिन्द्र र फ्रेन्ड्स दशरथ रंगशालामा मध्यान्न १२ बजे भिड्नेछन् । लिगमा अंक विहिन रहेको फ्रेन्ड्सलाई हराउँदै ३ अंक जोड्ने अवसर मछिन्द्रलाई छ । खेलमा ब्रिगेड ब्वाईजलाई हराएको मछिन्द्रले दोस्रो खेलमा च्यासलसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।

मछिन्द्र ३ अंक सहित तालिकको पाँचौ स्थानमा छ । अंक विहिन फ्रेन्ड्स १३ औं स्थानमा छ ।

यस्तै, दोस्रो खेलमा च्यासल र एनआरटी दिउँसो ३ बजे आमने सामने हुनेछन् । च्यासल लिगको अर्को दाबेदार टिमको रुपमा देखिएको छ ।  पहिलो खेलमा संकटालाई २–० ले हराएको उसले दोस्रो खेलमा मछिन्द्रसँग अन्तिम समयमा अंक बाँडेको थियो ।

भेट्रान फरवार्ड सन्तोष शाहुखल नेतृत्वमा रहेको च्यासलले राष्ट्रिय टिमका केही अनुहार समावेश गर्दै सन्तुलित टिम बनाएको छ । तीन जापानी खेलाडीको प्रभावमा च्यासलले नयाँ सिजनको लिगमा राम्रो नतिजा निकाल्ने देखाएको छ ।

दोस्रो स्थानको च्यासलको २ खेलबाट ४ अंक छ । एनआरटी एक अंक सहित तालिकाको दशौं स्थानमा छ ।