logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिग फुटबलः आज ब्रिगेड भर्सेज मनाङ तथा संकटा भर्सेज जावलाखेल


अंकुरण खबर
2.704K
Shares

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज पनि दुईवटा खेल हुुँदैछन् ।

तेस्रो चरण अन्तर्गत बिहीबारको पहिलो खेलमा ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो १२ बजेपछि एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।बिग्रेड पहिलो खेलमा मच्छिन्द्र क्लबसँग २-० ले पराजित भएको थियो ।

दोस्रो खेलमा फ्रेण्डसमाथि २-० को जित दर्ता गर्दै तीन अंक जोडेको थियो । मनाङ गएको सिजनको लिग विजेता हो । मनाङले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गरेको थियो । दोस्रो खेलमा त्रिभूवन आर्मी क्लबलाई १-० ले पराजत गरेको थियो ।

बिहीबार हुने अर्को खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजेपछि दशरथ रंगशालामा हुनेछ ।पहिलो खेलमा च्यासल युथ क्लबसँग २-० ले पराजित भएको संकटाले दोस्रो खेलमा एनआरटीमाथि १-० को जित दर्ता गरेको थियो ।

जावलाखेलले पहिलो खेलमा थ्रीस्टारलाई गोलरहित बराबरीमा रोकेको थियो भने दोस्रो खेलमा सरस्वती युवा क्लबमाथि १-० को जित निकालेको थियो ।