परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानीको सीमा विवाद वार्ताबाट समाधान हुने बताएका छन्।
पाल्पाको तानसेनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्तासँगको आजको भेटघाटमा उनले दुई देशबीचको सीमा विवाद वार्ताबाट हल गर्न सरकार सक्षम रहेको बताए।
मन्त्री ज्ञवालीले पार्टी एकता प्रक्रियाको आधारभूत काम सकिएको बताए। उनले पार्टी एकता प्रक्रियाका बाँकी काम पुस मसान्तसम्म सकिने जानकारी दिए।
पार्टी एकताका सबै काम टुङ्गो लागेपछि पार्टी र सरकारका काम तीव्रगतिमा अघि बढ्ने उनको भनाइ थियो ।