logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गौतमबुद्ध रङ्गशाला निर्माणमा पार्टी र सरकारले सहयोग गर्छ : प्रचण्ड


अंकुरण खबर
2.717K
Shares

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन् ।

आज बिहान रङ्गशालाको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले पार्टी र सरकारले रङ्गशाला निर्माणमा सहयोग गर्ने बताए । उनले भने, ‘रङ्गशालाको कामले गति लिएकामा उत्साहित भएको छु, समयमै सम्पन्न गर्नेगरी गुणस्तरीय काम गर्नुहोस्, हामी तापाईंकै साथमा छौँ ।’ उनले रङ्गशाला राष्ट्रिय गौरवको आयोजना भएको भन्दै सफल बनाउन सबै देशवासी लाग्नुपर्ने बताए ।

रङ्गशालाको स्थलगत अवलोकनपछि निर्माणको गतिले तीव्रता पाएकामा आफू खुशी भएको प्रतिक्रिया दिदै अध्यक्ष प्रचण्डले सबै चितवनवासीलाई सहयोग समिति गठन गरेर रङ्गशाला निर्माणमा सहयोग जुटाउन आग्रह गरे ।