logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस सभापति शेरबहादुर देउवाले पेलेपछि आज पौडेल पक्षको छुट्टै भेला


अंकुरण खबर
2.171K
Shares

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य समितिको म्याद एक बर्ष थपेपछि क्रुद्ध बनेका वरिष्ठ नेता रामचन्द्र पौडेल पधक्षरले पनि छुट्टै भेला डाकेको छ।

सभापति देउवाले एकलौटी रुपमा पार्टीका महत्वपूर्ण निर्णयहरु गरेको भन्दै पौडेल पक्षले छुट्टै भेला गर्न लागेको हो ।

हिजो बसेको बैठकले विभिन्न विभागहरु गठनका साथै भ्रातृ संस्थाहरुको म्याद पनि थप गरेको थियो । वरिष्ठ नेता पौडेलले आज दिउँसो महामन्त्री डा. शशांक कोइराला निवासमा आफू निकट नेताहरुसँग छलफल गर्ने तयारी गरेका हुन्।

छलफलपछि पौडेलले आजै पत्रकार सम्मेलन गरी आफ्ना विमत्तिहरु सार्वजनिक गर्ने जानकारी दिएका छन्। सभापतिको एकलौटी निर्णयले पार्टीलाई कमजोर बनाउने भएकाले यसमा आफूहरुको सहमति नभएको पौडेलले दाबी गरे।