logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिगः थ्रीस्टार र एपीएफ भिड्दै


अंकुरण खबर
1.859K
Shares

काठमाडौं – काठमाडौंमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज एक खेल हुँदैछ ।

आज थ्रीस्टार क्लब र विभागीय एपीएफबीचको खेल दशरथ रंगशालामा दिउँसो तीन बजे हुनेछ । खेलमा दुवै टोली जितको लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

थ्रीस्टारले खेलेको २ खेलमा १ खेलमा जित र १ खेलमा बराबरी गर्दै ४ अंक जोडेको छ । थ्रीस्टार लिगको छैटौं स्थानमा रहेको छ । यसैगरी एपीएफले खेलेको २ खेलमा १ खेलमा बराबरी र १ खेलमा हार व्यहोर्दै १ अंक जोड्दै लिगको १२ औं स्थानमा रहेको छ ।

यो खेलको समाप्तीसँगै लिगको तेस्रो चरणको खेल पनि आजै सकिदैँछ ।