logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लव नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य उमा भुजेल पक्राउ


अंकुरण खबर
949
Shares

नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा मेची–कोसी ब्यूरो इन्चार्ज उमा भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार सुनसरीको बरोलाबाट सहयोगी सुमनसिंह पौडलसहित भुजेललाई प्रहरीको विशेष ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट नेकपाका महत्त्वपूर्ण आन्तरिक कागजातसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।