logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विना निष्कर्ष  टुंगियो नेकपाको सचिवालय बैठक


अंकुरण खबर
845
Shares

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ ।

सभामुख चयन र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता र राष्ट्रियसभा निर्वाचनको तयारी बारे छलफल गर्न बोलाइएको बैठक कार्यसूचीमा प्रवेश नगरी सकिएको हो ।

सभामुख चयन र एमसीसीको अनुदान सम्झौताको विषयमा नेकपामा विवाद छ । प्रधानमन्त्री ओली र प्रचण्ड निकट सचिवालय सदस्य एमसीसी सम्झौता संसदबाट पारित गर्ने रणनीतिमा रहँदा माधव नेपाल समुहले असन्तुष्टि व्यक्त गर्दे आएको छ ।

सभामुखको उम्मेद्वार चयनका विषयमा पनि नेकपा सचिवालय सदस्यबीच मतभेद छ । आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा सचिवालय सदस्य ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ अनुपस्थित थिए ।