logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिग : चौथो चरणका खेल सुरु हुँदै


अंकुरण खबर
585
Shares

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबारदेखि चौथो चरणका खेल सुरु हुँदैछन् । सोमबार दुईवटा खेल हुँदैछन् ।

पहिलो खेलमा एनआरटीले मच्छिन्द्र क्लबको सामना गर्नेछ । यो खेल दिउँसो १२ बजेपछि एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

अहिलेसम्म भएका तीन मध्ये दुई खेलमा जित र एकमा हार बेहोरेको एनआरटी ६ अंकसहित पाँचौँ स्थानमा छ । यस्तै दुई खेलमा जित र एकमा बराबरी गरेको मच्छिन्द्र क्लब सात अंकसहित दोस्रो स्थानमा छ ।

यस्तै सोमबार हुने दोस्रो खेलमा फ्रेन्डस क्लबले मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । खेल दिउँसो तीन बजेपछि दशरथ रंगशालमा हुनेछ ।

अहिलेसम्म भएका सबै तीन खेल जितेको मनाङ ९ अंकसहित शीर्ष स्थानमा छ । यस्तै तीनै खेलमा पराजित भएको फ्रेन्डसले अंक जोड्न सकेको छैन ।