logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्व माओवादी नेताहरुले प्रचण्डलाई दिए यस्तो दबाब


अंकुरण खबर
754
Shares

काठमाडौं – यति बेला नेकपा अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा पूर्व माओवादीका नेताहरुको बाक्लो जमघट देखिन थालेको छ ।

अब बन्ने सभामुख पूर्व माओवादी समूहले नै पाउनुपर्ने अडान अध्यक्ष दाहालको रहेको छ । जसको सर्मथनमा नेकपा नेताहरु अध्यक्ष दाहालको निवासमा पुगेका हुन् ।

दाहाल निवास पुगेका एक नेताका अनुसार सभामुखका विषयमा दाहालको प्रधानमन्त्री केपी शर्मा ओलीसँग सघन संवाद हुन बाँकी रहेको बताएका थिए । शनिबार दाहालसँग सभामुखका दावेदार अग्नी सापकोटा, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, हरिबोल गजुरेललगायतका नेताहरुले भेट गरेका स्रोतले जनाएको छ ।

दाहाललाई भेट्न गएका नेताहरुले पूर्व सहमति भन्दा दायाँ–बायाँ नगर्न दबाब दिएको बताएका छन् । दाहालले सभामुखमा स्थायी समिति सदस्य सापकोटालाई अगाडि सारेका छन् । उता प्रधानमन्त्री ओलीले अनुभवी भन्दै पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्लाई अगाडि सारेका छन् ।

अहिलेसम्म ओली र दाहालका अडान यथावत छन् । ओली र दाहालबीचको विवाद र अडानका कारण आइतबार बसेको सचिवालय बैठक अनिर्णित बनेको थियो । सभामुख चयन र राष्ट्रियसभा निर्वाचनका लागि पार्टीबाट सम्भावित उमेद्वारका विषयमा छलफल गर्न बैठक तय भएको थियो ।

संसद सचिवालयमा कार्यरत एक महिलामाथि जबरजस्ती करणीको आरोपपछि कार्यकालको बीचमै कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त भएको थियो ।