logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महाधिवेशन समयभित्रै हुनुपर्छ : केन्द्रीय सदस्य डा. कोइराला


अंकुरण खबर
3.289K
Shares

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेपाली काँग्रेसको महाधिवेशन निर्धारित समयमै हुुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले २०७८ साल चैतमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै पार्टी महाधिवेशन आवश्यक रहेकोमा जोड दिए ।

केन्द्रीय सदस्य डा.कोइरालाले पार्टी सभापतिले महाधिवेशनको मिति सार्न नहुने सुझाव दिँदै महाधिवेशनमा कार्यकर्ता एक भएर जाने विश्वास व्यक्त गरे ।