logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

एमसीसी सम्झौता संसदबाट पास हुने परराष्ट्रमन्त्री ज्ञवालीको भनाई


अंकुरण खबर
1.287K
Shares

काठमाडौं – संसदबाट नै मेलिनियन च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता पास हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

सत्तारुढ दल नेकपाको स्थायी कमिटीको बैठकमा एमसीसी बारे चर्को बहस भएको छ ।  अब नेकपाले के गर्छ भन्ने प्रश्न उठिरहेका बेला परराष्ट्रमन्त्री ज्ञवालीले भने सम्झौता पास हुने बताएका हुन् । ‘एमसीसीबारे सरकारले जे भन्दै आएको छ त्यही हो’ नेकपा स्थायी कमिटी सदस्य समेत रहेका उनले भने, ‘यो पास हुन्छ, सरकार प्रस्ट छ ।’

तर अमेरिकी अधिकारीले त एमसीसी, इण्डो प्यासिफिककै अंग भएको बताएका छन् नि भन्ने प्रश्नमा उनले नेपालले हस्ताक्षर गर्दा के थियो भनेर हेर्नुपर्ने बताए ।