logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शहीद स्मारक ए डिभिजन लिग : आज २ खेल हुँदै


अंकुरण खबर
728
Shares

काठमाडौं – जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज (मंगलबार) दुई खेल हुँदैछन् ।

आजको खेलमा च्यासल र जावलाखेल तथा हिमायलन शेर्पा र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । पहिलो खेलमा च्यासल र जावलाखेल बिहान साढे ११ बजे भिड्न शुरु गर्नेछन् । दोस्रो खेलमा हिमालयन शेर्पा र ब्रिगेड दिउँसो ३ बजे भिड्नेछन्। लिगमा तीन खेलबाट च्यासलले एक जित, एक बराबर र एक हारबाट ४ अंक जोडेको छ ।

लिगमा अपराजित रहेको जावलाखेलको ५ अंक छ । यस्तै शेर्पा क्लब दुई बराबर र एक हार सहित २ अंक जोडेको छ । ब्रिगेड एक जित र दुई हार सहित ३ अंक जोडेर तालिकाको दशौं स्थानमा छ ।