logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिग : पुलिससँग संकटा २.१ ले पराजित


अंकुरण खबर
2.691K
Shares

विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ । बुधवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले संकटा क्लबलाई २.१ ले पराजित गरेको हो ।

पहिलो हाफमै तीन गोल भएको खेलमा पुलिसले आत्मघाती गोलबाट अग्रता लिएको थियो । १५ औं मिनेटमा पुलिसका सुमन लामाले हानेको प्रहार संकटाका अमित तामाङले बचाउने क्रममा आफ्नै पोष्टमा गोल भएको थियो ।

तर त्यो अग्रता लामो समय टिकेन । १८ औं मिनेटमा उनै अमितले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे । पेनाल्टी एरियामा पुलिसका डिफेण्डरले बल ह्याण्ड गरेपछि संकटाले पेनाल्टी पाएको थियो ।

पहिलो हाफमा पुलिसले २.१ को अग्रता कायम राख्यो । दोस्रो हाफमा दुवै टिम आक्रामक बने पनि गोल हुन सकेन । ६० औं मिनेटमा संकटाले बराबरीको मौका पाएको थियो । तर प्रल्हाद रोयले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार पुलिसका गोलकिपर शत्रुधन चौधरीले बचाए । ७१ औं मिनेटमा पुलिसका सुमन लामाले उपलब्ध गराएको क्रसमा सौजन राईले गोल गर्न सकेनन् ।

जितपछि ४ खेलबाट ७ अंक जोड्दै पुलिस पाँचौ स्थानमा उक्लेको छ । पहिलो खेलमा हिमालयन शेर्पासंग बराबरी खेल्दै लिग शुरु गरेको पुलिस दोस्रो खेलमा थ्री स्टारसंग पराजित भएको थियो । तेस्रो खेलमा भने पुलिसले सरस्वती युथ क्लबलाई पराजित गरेको थियो ।

उता संकटाको यो दोस्रो हार हो । लिगको पहिलो खेलमै संकटा च्यासल युथ क्लबसंग पराजित भएको थियो। त्यसपछि एनआरटीलाई पराजित गरेको संकटा जाउलाखेलसँग बराबरीमा रोकिएको थियो ।