logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आठ जना सहसचिवको सरुवा


अंकुरण खबर
715
Shares

काठमाडौं – सरकारले आठ जना सहसचिवको सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको सरुवा भएको हो ।

मन्त्रिपरिषदको निर्णय अनुसार श्रम मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव डा. नारायण रेग्मीलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा सरुवा गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका शिवराम न्यौपानेलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका डा.रामप्रसाद घिमिरेलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागमा रहेकी मनमाया पंगेनीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीलाई काठमाडौं महानगरपालिकामा र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रुद्र शर्मालाई सरुवा गरिएको छ ।

कृषि मन्त्रालयका रघुराम विष्टलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ । उद्योग मन्त्रालयका रामचन्द्र ढकाललाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।