logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

 कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै


अंकुरण खबर
663
Shares

काठमाडौं – नेपाली कांग्रेसको केन्दीय कार्यसमितिको बैठक आज २ बजेका लागि बोलाइएको छ । राष्ट्रियसभा सदस्यको उम्मेद्वारका विषयमा छलफल गर्न बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

माघ नौ गते राष्ट्रिय सभाको निर्वाचन हुँने कार्यातालिका छ । निर्वाचन आयोगले आइतबारका लागि उम्मेद्वारी दर्ताको समय तोकिसकेको छ ।

तर, आजको बैठक समेत रामचन्द्र पौडेलसहितको असन्तुष्ट पक्षले बहिष्कार गर्ने भएको छ । पार्टी भित्रको आन्तरिक विवाद र राष्ट्रिय सभाकाको विषयमा सहमति जुटाउन कांग्रेस सभापति देउवाले आफ्नो निवासमा हिजो बैठक राखेका थिए । देउवाले उक्त बैठकमा असन्तुष्ट पक्षलाई सहभागी गराएका थिएनन् ।

सभापतिको एकपक्षीय निर्णय नसच्चाएसम्म सभापति देउवा र संस्थापन पक्षले बोलाएको बैठक तथा छलफलमा सहभागी नहुने असन्तुष्ट पक्षले जनाएको छ ।