logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु


अंकुरण खबर
1.781K
Shares

काठमाडौं – सरकारले पुष १४ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको छ। आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

सरकारले चार जना इजिप्सियन नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको छ । गैरकानुनी रूपमा लामो समयदेखि नेपालमा बसोबास गर्दै आएका चार जना नागरिकको भिसा दस्तुर तथा बिलम्ब शुल्क चार हजार छ सय ४० अमेरिकी डलर र जरिवाना दुई लाखसमेत मिनाहा गरी उनीहरूलाई नेपालबाट निष्कासन गर्ने निर्णय भएको हो ।

काठमाडौंको चक्रपथ विस्तार परियोजनाअन्तर्गत कलंकी,महाराजगञ्ज,धोबिखोला खण्डको सडकसिमा ३१-३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको पुस १४ गते बसेको बैठकले सांस्कृतिक संस्थानको अध्यक्ष पदमा तेह्रथुमका प्रेमनाथ अधिकारीलाई नियुक्ति गरेको हो । त्यस्तै सरकारले ऋण असुली न्यायाधीकरणको बैंकिङ सदस्यमा काठमाडौं टोखाका नरेशराज अर्याललाई पुनः नियुक्त गरेको छ । यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरूः