logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाको सचिवालय बैठक आज, सभामुख चयनबारे होला त सहमति ?


अंकुरण खबर
949
Shares

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा सभामुख चयन, राष्ट्रियसभाको निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकले प्रदेश १ र ५ को नाम र राजधानीबारे पनि छलफल गर्ने नेताहरुले बताएका छन् ।

हिजोको बैठकमा प्रधानमन्त्री ओलीले नेकपाका तर्फबाट उमेदवार हुने १६ जनाको नाम  एकलौटी ल्याएको भन्दै अन्य सदस्यले विरोध जनाएका थिए ।

गत आइतबार बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा रहने निर्णय गरेर प्रदेशसभालाई त्यसै अनुसार गर्न निर्देशन गरेको थियो ।

सभामुखबारे अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच सहमति नजुट्दा संसद बैठक दुई पटक सूचना टाँसेर स्थगित गरिएको छ । नेकपामा नयाँ सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति हुन सकेको छैन ।

त्यसैगरी बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका विषयमा पनि छलफल हुने बताइएको छ ।