logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सन्दीपको तीन विकेट, मेलबर्नलाई मध्यम लक्ष्य 


अंकुरण खबर
2.08K
Shares

नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन् ।

उनी रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल)मा अहिले डर्बी क्लब मेलबर्न रेनेगेड्ससँग खेलिरहेको छ ।

रेनेगेड्सविरुद्ध सन्दीपको टिम स्टार्सले बलिङ गरिरहेको छ । मेलबर्नका लागि सन्दीपले एकै ओभरमा दुई विकेट लिन सफल भएका छन् । सन्दीपले आफ्नो तेस्रो ओभरको तेस्रो र पाँचौ बलमा विकेट लिएका हुन् । उनले तेस्रो बलमा शौन मार्शलाई ४३ रनमा आउट गरे । यस्तै पाँचौ बलमा क्रिस्तियनलाई शून्य रनमा आउट गरे ।

त्यस्तै १७ ओभरको अन्तिम बलमा सन्दीपले तेस्रो विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले २६ रन खर्चेर तीन विकेट लिए ।

योसँगै मेलबर्नले १४३ रनको लक्ष्य पाएको छ । निर्धारित २० ओभर बलिङ गरेको रेनेगेड्सले ९ विकेट गुमाएर १४२ रन बनाएको हो । एजेन्सी