काठमाडौं – न्युरोड टिम एनआरटीले जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबसँग गोलरहित बराबरी खेलेको छ ।
पाँचौं चरणको पहिलो खेल आमनेसामने भएका दुवै टोलीले पहिलो हाफको समाप्तिसम्म गोलरहित बराबरी खेलेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भइरहेको खेलमा दुवै टोली ३ अंक जोड्ने लक्ष्यमा छन् । ४ खेलसम्म अपराजित जावलाखेल यही लयलाई निरन्तरता दिने लक्ष्यमा खेलिरहेको छ । जावलाखेलले २ खेलमा जित र २ मा बराबरी खेलेको छ ।
२ मा जित र २ मा हार ब्यहोरेको एनआरटी जितको लयलाई कायम राख्ने योजनमा खेलिरहेको छ ।