logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लिगमा हिमालयन शेर्पा क्लबको तेस्रो बराबरी


अंकुरण खबर
884
Shares

सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लबले गोलरहित बराबरी खेलेर अंक बाँडेका छन्।

दशरथ रंगशालामा मंगलबार भएको खेलमा शेर्पाले अन्तिम समयमा पाएको मौका सदुपयोग गर्न सकेन। दोस्रो हाफको इन्जुरी टाइममा विशन गुरुङले मौका खेर फालेका थिए।

त्यसअघि ७५ मिनेटमा शेर्पाका विजय श्रेष्ठको प्रहारलाई फ्रेण्ड्सका देव लिम्बुले विफल पारेका थिए। खेलको ४३ मिनेटमा फ्रेण्ड्सका उत्तम गुरुङको प्रहारले पनि गोलपोस्टको दिशा लिन सकेन।

जारी लिगमा शेर्पाको यो तेस्रो बराबरी हो भने फ्रेण्ड्स दोस्रो बराबरी हो। दुवै टिमले अहिलेसम्म जित निकाल्न सकेका छैनन्। ३ अंक जोडेको शेर्पा १२औं र २ अंक जोडेको फ्रेण्ड्स १३‍औं स्थानमा छन्।