logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिग फुटबलः आज एपीएफ र संकटा तथा आर्मी र सरस्वती भिड्ने


अंकुरण खबर
1.287K
Shares

काठमाडौं – काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगको पाचौँ चरणको अन्तिम खेल आज हुँदैछन् ।

पाँचौं चरणको अन्तिम खेलमा दुइ खेलको प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा विभागीय क्लब एपीएफ र गत सिजनको उपविजेता संकटा क्लब भिड्नेछन् ।

दोस्रो खेलमा आर्मीले तालिकाको पुछारमा रहेको सरस्वती क्लबसंग खेल्नेछ । दुबै खेल दशरथ रंगशालामा हुनेछन् ।

संकटा र एपीएफबीचको पहिलो खेल मध्यान्न १२ बजेबाट शुरु हुनेछ भने आर्मी र सरस्वतीबीचको प्रतिस्पर्धा दिउँसो ३ बजेबाट हुनेछ ।