logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लव समूहका जिल्ला सदस्य पक्राउ


अंकुरण खबर
741
Shares

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नवलपरासीको जिल्ला सदस्य पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका-४ निवासी २६ वर्षीय सापकोटा रहेका छन् ।

संगठित अपराध र बम विस्फोट मुद्दामा फरार रहेका सापकोटालाई इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले आज पक्राउ गरेको हो ।

वि.सं. २०७५ फागुन ३० गते चन्द समूहले गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा फागुन २९ गते राति पश्चिम नवलपरासीको सरावल-१ तुल्सीनगरस्थित पूर्व–पश्चिम राजमार्गमा दुइटा ट्रकमा आगो लगाई संगठित अपराध गरेको सापकोटामाथि आरोप लागेको थियो ।

त्यस्तै, २०७६ साउन १६ गते बर्दघाट-१३ धनेवास्थित एनसेल टावरमा बम विस्फोटमा संलग्न रहेको मुद्दामा सापकोटा फरार अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका सापकोटामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।