काठमाडौं – समाजवादी पार्टीले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा तोक्ने निर्णयप्रति विरोध जनाएको छ ।
उक्त पार्टीले निर्णयको विरोधमा शनिबार १ बजे शान्तिबाटिकामा विरोध कार्यक्रमको आयोजना गरेको छ ।
पार्टीले प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने र राजधानी सबैलाई पायक पर्ने स्थानमा हुनुपर्ने मत राख्दै आएको छ ।