logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिगः आज थ्री स्टार र फ्रेन्ड्स तथा सरस्वती र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुँदै


अंकुरण खबर
871
Shares

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो खेलमा थ्रीस्टार क्लब र फ्रेण्ड्स क्लब तथा दोस्रो खेलमा सरस्वती क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।पहिलो खेल मध्यान्ह १२ बजे थ्रीस्टार र फ्रेण्ड्स तथा दोस्रो खेल दिउँसो ३ बजे सरस्वती र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुनेछ ।

खेलमा चारै टोली जितको लक्ष्यका साथ मैदानमा उत्रने छन् । जारी लिगमा तीन खेलमा जित, समान एक खेलमा बराबर तथा हार ब्यहोरेको थ्रीस्टार १० अंकसहित तालिकाको चौथो स्थानमा छ । २ बराबरी र ३ खेलमा हार ब्यहोरेको फ्रेण्ड्स २ अंक जोड्दै १३ औं स्थानमा छ ।

यसैगरी, ५ खेलमा ५ खेलमै पराजित भएको सरस्वती लिगको पुछारमा रहेको छ भने २ जित र ३ खेलमा हार ब्यहोरेको ब्रिगेड ब्वाईज ६ अंक जोड्दै आठौं स्थान स्थानमा छ ।

शनिबार भएको खेलमा पहिलो खेलमा मछिन्द्र क्लबले जावलाखेल क्लबमाथि १–० को हराएको छ भने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लब गोलरहित बराबरी खेलेका थिए ।