काठमाडौं – उपसभामुख शिवमाया तुम्बाहाम्फे प्रधानमन्त्री निवास बालुवाटार पुगेकी छिन् ।
सभामुख चयनको विषयमा ठोस निर्णय हुन नसकिरहेकका बेला सत्तारुढ नेकपाका दुई अध्यक्ष अन्तिम प्रयासमा जुटेका छन् । सो छलफलमा उपसभामुख पनि उपस्थित छिन् ।
सभामुखको नाम टुग्याउने विषयमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ ।
नेकपाको सचिवालय बैठकले शनिबार उपसभामुख तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिन भनेको थियो । तर उनले राजीनामा नदिने बताएकी थिइन् । प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ, तर अहिलेसम्म सभामुखको टुंगो लागेको छैन ।