logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभामुखको विषयमा कुरा नमिल्दा प्रतिनिधिसभा बैठक फेरि स्थगित


अंकुरण खबर
1.95K
Shares

काठमाडौं – आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

नेकपामा सभामुखको कुरा नमिलेपछि आइतबार दिउँसो १ बजे निर्धारित गरिएको संसद बैठक माघ ६ गतेसम्मका लागि स्थगित गरिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएको थियो । छलफलमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सहभागी थिइन् ।

छलफलमा सभामुखको विषयमा कुरा नमिलेपछि संसद बैठक स्थगित गरिएको हो ।