logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभामुख चयनमा सकस, शिवमायाले दोस्रो पटक भनिन् -राजीनामा दिन्न


अंकुरण खबर
1.638K
Shares

काठकाडौं – उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिन अस्विकार गरेकी छिन् ।

प्रधानमन्त्री ओली तथा नेकपाका अध्यक्ष प्रचण्डले गरेको राजीनामाको आग्रहलाई तुम्बाहाम्फेले दोस्रो पटक अस्वीकार गरेकी हुन् । सचिवालय बैठकको निर्णयसमेत नमानेपछि दुवै नेताले उनलाई आइतबार विहान बालुवाटारमै बोलाएर छलफल गरेका थिए ।

तुम्बाहाम्फेले सभामुखमा आफूलाई उम्मेदवार बनाउनुपर्ने अडान दोहो(र्याउँदै राजीनामा नगर्ने प्रष्ट पारेको स्रोतले बताएको छ ।

उनलाई सभामुखको उम्मेदवार चयनका लागि पनि राजीनामा आवश्यक रहेको भनेर नेताहरुले सम्झाएका थिए । तर उपसभामुखले राजीनामा दिन्न भनेर हिँडेको बालुवाटार स्रोतले बताएको छ ।