logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेयरकप फुटबल माघ १६ गतेदेखि २२ गतेसम्म


अंकुरण खबर
1.599K
Shares

आगामी माघ १६ गतेदेखि २२ गतेसम्म बागलुङमा मेयरकप फुटबल आयोजना हुने भएको छ ।

बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल सङ्घको संयोजनमा  राष्ट्रियस्तरको मेयर कप फुटबलको आयोजना गर्न लागिएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । “खेलको प्रवद्र्धनमार्फत आन्तरिक पर्यटक बागलुङ ल्याउने हाम्रो मनसाय हो”, उनले भने, “खेलकूदबाट बागलुङलाई चिनाउन राष्ट्रियस्तरको मेयरकप आयोजन गर्न थालिएको हो ।”

नगरपालिकाले प्रतियोगिता सम्पन्न गर्न रु २१ लाख ९६ हजार ११० बजेट विनियोजन गरेको छ । १२ देखि २० समूहले सहभागिता जनाउने अपेक्षा गरिएको फुटबल सङ्घका अध्यक्ष रामराज गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित रु तीन लाख प्राप्त गर्नेछ ।  उपविजेताले रु दुई लाख र सेमिफाइनल पुग्ने टिमले रु ६०–६० हजार प्राप्त गर्नेछन् ।  यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु १० हजार र विधागततर्फ उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र सर्वा्धिक गोलकर्ताले समानस्वरुप रु पाँच हजारका दरले पुरस्कार पाउने छन् ।

यस्तै प्रतियोगितामा म्यान अफ दि म्याच हुने खेलाडीले रु दुई हजार प्राप्त गर्नेछन् ।