logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एभरेस्ट राष्ट्रिय तेक्‌वान्दो प्रतियोगिता माघ पहिलो साता


अंकुरण खबर
1.196K
Shares

एभरेस्ट वर्ल्ड क्लास तेक्‌वान्दो नेपाल शाखाले माघको पहिलो साता सातदोबाटोस्थित राष्ट्रिय तेक्‌वान्दो एकेडेमीको हलमा दोस्रो एभरेस्ट खुला राष्ट्रिय तेक्‌वान्दो प्रतियोगिता गर्ने भएको छ।

अमेरिकामा मुख्यालय रहेको एभरेस्ट वर्ल्ड क्लास तेक्‌वान्दोको नेपाल शाखाले मङ्‌गलबार पत्रकार सम्मेलनमा जानकारी गराएअनुसार ग्योरोगीतर्फ पुरुष र महिलामा ३८/३८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ। यसैगरी पुम्सेतर्फ महिला र पुरुषमा समान १२/१२ स्पर्धा समावेश छन्।

१ हजार २ सय खेलाडीको सहभागिता रहने प्रतियोगितामा कूल १ सय १० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको टिम च्याम्पियनले नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने दोस्रो हुने टिमले ५० हजार तथा तेस्रो हुनेले २५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।

सातवटै प्रदेशका खेलाडीको सहभागिता रहने प्रतियोगिताका उत्कृष्ट महिला र पुरुष खेलाडीले जनही १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।