logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोस्रो एकदिवसीयअघि भारतलाई झट्का


अंकुरण खबर
1.43K
Shares

भारतीय क्रिकेट टिमलाई अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट अगाडि झट्का लागेको छ ।

भारतीय टिमका विकेटकीपर ऋषभ पन्तले दोस्रो एकदिवसीय नखेल्ने भएका हुन् । टाउकोमा चोट लागेपछि उनी दोस्रो एकदिवसीय खेलमा मैदानमा देखिने छैनन् ।  मुम्बईमा भएको पहिलो एकदिवसीयमा प्याट कुमिन्सको बाउन्सर बल ऋषभको टाउकोमा लागेको थियो ।

बाउन्सर बलले टाउकोमा लागेपछि उनी दोस्रो इनिङ्समा फिल्डिङमै आएनन् । उनको ठाउँमा केएल राहुलले विकेटकीपिङ गरेका थिए । उनलाई अहिले चिकित्सकले निगरानीमा राखेकाले खेलाडी रिप्लेस गर्ने कुनै योजना नभएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ ।

पहिलो एकदिवसीय क्रिकेटमा अस्ट्रेलियासँग १० विकेटले पराजित भएको भारतले शुक्रबार राजकोटमा दोस्रो खेल खेल्दै छ ।