logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काङ्ग्रेस विधिविधानमा चल्न सकेन : जोशी


अंकुरण खबर
1.105K
Shares

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी विधि विधानभित्र चल्न नसकेको बताएका छन् ।

नेपाली काँग्रेस विर्तामोड नगरसमितिले आज बिहीबार विर्तामोडमा आयोजना गरेको कार्यक्रममा जोशीले नेपाली काँग्रेसभित्र अहिलेको लडाइँ पार्टी विधिविधानभित्र चलाउने कि नचलाउने भन्ने विषयमा नै केन्द्रीत रहेको बताए ।

उनले काँग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्यो कि सकेन भन्ने विषयमा केन्द्रीत रहेको धारणा राखे । ‘नेपाली काँग्रेस अब सच्चिन जरुरी छ’, उनले भने, ‘पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन अब महाधिवेशनतर्फ केन्द्रीत हुनुपर्छ ।’

कार्यक्रममा पूर्व सांसद डिल्ली सिटौला, संविधानसभा सदस्य सुधीरकुमार सिवाकोटी, नेपाली काँग्रेस २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, भोला पौडेल, लक्ष्मी आचार्यलगायतको उपस्थिती रहेका थियो ।