सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारमा विप्लव समूहले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताएका छन्।
बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताएका हुन्।
‘नेपाल सरकारले त्यस जग्गामाथि छानबिन गरिरहेको छ’, मन्त्री बाँस्कोटाले भने, ‘यो जग्गा कसैले कब्जा गर्दैमा, झण्डा गाड्दैमा कब्जा हुँदैन।’ उनले विप्लव समूहले चर्चामा आउनका लागि जग्गा कब्जाको हल्ला गरेको बताए।