logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमसिसी तत्काल पारित गराउन नेपाली कांग्रेसको माग


अंकुरण खबर
741
Shares

काठमाडौ- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले तत्काल संसद बैठक राखेर एमसिसी पारित गर्न माग गरेको  छ।

आज बसेको संसदीय दलको बैठकले सरकारलाई ध्यानाकर्षण गराउँदै यस्तो आग्रह गरेको हो । संसद बैठक माघ ६ गते तोकिएको छ। प्रतिनिधि सभाको हिउँदे अधिवेशनबाटै एमसिसि अनुमोदन गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो।

सभामुखको उम्मेदवारी सरकारसँग छलफलपछि सभामुखको उम्मेदवारी दिने नदिने विषयमा सत्तापक्षसँग वार्ता गरेपछि मात्र तय हुने राष्ट्रिय सभाका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए।

संविधानले फरक दलको सभामुख र उपसभामुख हुने व्यवस्था भएकोप्रति ध्यानाकर्षण गराउँदै दाबी पेश गर्ने समेत जानकारी दिए। सत्तापक्षसँगको वार्तापछि अन्य उम्मेदवार उठाउने वा नउठानेबारे निर्णय गर्ने निर्णय संसदीय दलले गरेको छ।

राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्न अन्य दलहरुलाई आग्रह गरेको छ। सभामुखमा संविधानको व्यवस्थाविरुद्ध कुनै पनि कार्य नगर्न पनि नेपाली कांग्रेसले सरकारलाई सचेत गराएको छ।