logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस द्वारा ७७ वटै जिल्लाबाट सरकारलाई ज्ञापन पत्र


अंकुरण खबर
936
Shares

नेपाली कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

सरकारले ल्याएको नेपाल सेवा विधेयक र विकास तथा प्रविधिसमितिबाट पारित सूचना प्रविधिविधेयकको विरोधमा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु माफर्त कांग्रेसले ज्ञापन पत्र बुझाएको हो ।

काठमाडौंमा सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु मार्फत सरकारलाई विरोध पत्र बुझाएको छ । नेपाली कांग्रेसका काठमाडौं जिल्ला सभापति सवुज बानियाँले लोततन्त्रलाई समाप्त पार्ने, जनअधिकार र स्वतन्त्रमा बन्देज हुने किसिमले आएको विधेयकहरुको विरोधमा ज्ञापन बुझाइएको बताए । कांग्रेसले सरकारको उक्त कदमलाई गम्भिर रुपमा लिएको र विधेयक नसच्याए आन्दोलनका अन्य कार्यक्रम घोषणा हुने उनले चेतावनी दिए ।

संसदीय समितिबाट पारित भएको सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा पटक पटक कसैलाई जिस्क्याए, होच्याए, मानमर्दन हुने कार्य गरेमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था छ ।