काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ज्यान मुद्दामा किटानी परेका अग्नि सापकोटालाई सभामुखमा प्रस्ताव गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत पार्टीको धारणा सार्वजनिक गर्दै नेकपाले सापकोटालाई सभामुखमा प्रस्ताव गरेपछि आपत्ति जनाएका हुन् ।
सापकोटाविरुद्ध काभ्रेमा १० वर्षअघि अर्जुन लामालाई अपहरण गरी हत्या गरेको किटानी जाहेरी दर्ता भएको थियो । नेकपाले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेका सापकोटालाई सभामुखमा सिफारिस गरेपछि कांग्रेस प्रवक्ता शर्माले राजनीतिक दल र संसद विचाराधीन मुद्दामा पनि उन्मुक्ति दिने अधिकार राख्ने थलो हुन् ? भनेर प्रश्न गरेका छन् ।
सभामुखमा सत्तारूढ नेकपाबाट सिफरिस सापकोटाविरुद्धको किटानी जाहेरीसँगै द्वन्द्वकालीन मुद्दासम्बन्धी रिट निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले २०७२ चैत २२ मा सशस्त्र द्वन्द्वसँग सम्बन्धित रिट निवेदन संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो ।
उनले ट्वीटरमा लेखेका छन् ।
.jpg)
(1).jpg)